Search Via Bank

मोबाइल बैंकिङ्गको Cardless Withdrawal प्रयोग गरी ATM कार्ड बिना नै ATM बाट छिटो र सुरक्षित तरिकाले रकम निकाल्नुहोस् 

मोबाइल फोनहरू व्यापक प्रयोगमा आए संगै यस प्रविधिले धेरै क्षेत्रहरुमा सकारात्मक परिवर्तन ल्याएको हामीले देख्न सक्छौँ। अन्य धेरै क्षेत्रहरु मध्ये मोबाइल प्रविधिले बैंकिङ्ग क्षेत्रमा पनि ठुलो परिवर्तन ल्याएको छ जसले गर्दा बैंकिङ सुविधा पाउन धेरै सहज र सरलता भएको छ। मोबाइल बैंकिङ्गको सुचारू पछि अहिले हामीले सामान्य बैंकिङ सेवा पाउन बैंक नै पूग्नु नपर्ने जसले गर्दा हाम्रो अमूल्य समयको बचत भएको छ। आजको दिनमा हामीले बैंकको सुविधा घरमै बसी सजिलै सँग मोबाइल बैंकिङ्ग मार्फत नै प्राप्त गर्न सकिन्छ। हाल नेपाल भरी १८,००,०००+  मोबाइल बैंकिङ्ग ग्राहकहरु छन्। मोबाइल बैंकिङ्गबाट हामीले सजिलै सँग पैसा पठाउन र पाउन सकिन्छ। बैंकमा धेरै समय लाग्ने प्रक्रियालाई पनि मोबाइल बैंकिङ्गबाट केही मिनेटमै पुरा गर्न सकिन्छ। यसका साथै मोबाइल बैंकिङ्ग मार्फत बिलको भुक्तानी, मोबाइल ब्यालेन्स रिचार्ज, फन्ड ट्रान्सफर, एयरलाइन्स टिकट बुकिङ, सरकारी राजस्व भुक्तानी र अन्य धेरै सुविधा पनि सजिलै सँग प्राप्त गर्न सक्छौँ।

अन्य धेरै सुविधाहरु मध्ये मोबाइल बैंकिङ्गको Cardless Withdrawal सुविधा पनि धेरै सहज बनाइदिएको छ। यस सुविधाबाट हामीले बिना ATM कार्ड नै ATM मशिनबाट पैसा निकाल्न सक्छौँ। के तपाईं कहिले ATM मशिनमा पैसा निकाल्न जानु भएको छ र पछि मात्र याद गर्नु भयो कि तपाईंले घरमै कार्ड बिर्सिनु भएछ? यस्तो समयमा आफ्नो मोबाइल बैंकिङ्गबाटै Cardless Withdrawal को सेवा प्रयोग गरी बिना ATM कार्ड नै पैसा झिक्न सकिन्छ। साथै यस सेवाबाट ग्राहकहरुले ATM मशिनमा कार्ड राखी पैसा निकाल्ने भन्दा छोटो समयमा नै पैसा निकाल्न सकिन्छ। मोबाइल बैंकिङ्गको Cardless Withdrawal बिशेषताले ATM मशिनबाट पैसा निकाल्ने प्रक्रियालाई आझैँ सहज बनाईदिएको छ।

मोबाइल बैंकिङ्गबाट Cardless Withdrawal सुविधा प्रयोग गर्नको लागि तल दिएको चरणहरू पछ्याउनहोस्:

Step 1: आफ्नो मोबाइल बैंकिङ्ग एपमा Login गर्नुहोस्।

Step 2: Login भइ सकेपछि Cardless Withdrawal मा tap गर्नुहोस्।


Step 3: आफूलाई चाहिएको रकम राख्नुहोस् र Proceed मा tap गर्नुहोस्।


Step 4: आफूले राखिएको विवरणहरु confirm गरी Proceed मा tap गर्नुहोस्।


Step 5: Fingerprint वा Transaction Pin हाली verify गर्नुहोस्।


Step 6: रेजिस्टर मोबाइल नम्बरमा OTP code प्राप्त हुनेछ र यो code १ घण्टाको लागि मान्य हुनेछ।


Step 7: रकम झिक्नको लागि ATM मा रहेको Cardless Transaction छान्नुहोस्।


Step 8: आफ्नो मोबाइल नम्बरमा प्राप्त भएको OTP code र निकाल्नुपर्ने रकम राख्नुहोस्।

Video मा देखाएको steps हरु हेरि मोबाइल बैंकिङ्गबाटै बिना ATM कार्ड नै ATM machine बाट पैसा निकाल्नुहोस्।

 


Similar Recent Articles

Applications of AI in Banking & Finance - Featured Image

Applications of AI in Banking & Finance

Artificial Intelligence is one of the most powerful tools that can shape the business world of today...

Continue Reading
Top 7 Mobile Banking Features You Should Be Using in 2025 - Featured Image

Top 7 Mobile Banking Features You Should Be Using in 2025

Mobile banking in Nepal has come a long way, making daily transactions easier and more convenient. M...

Continue Reading
Digital 81: Banking Around the Clock, Exploring the Features of Mobile Banking - Featured Image

Digital 81: Banking Around the Clock, Exploring the Features of Mobile Banking

With mobile banking, banking is available to you 24/7. Here are a list of all the mobile banking fea...

Continue Reading